काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनीहरु दुई बीचको भेट स्वास्थ्य लाभको कामना भन्दा पनि राजनीतिक रुपमा भएको हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीका रुपमा आरजुलाई भावी प्रधानमन्त्री बनाउने भन्ने हल्लाकाबीच उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो ।
देउवा सरकार निर्माण भएर मन्त्रिपरिषद विस्तार हुन नसकेका बेला गत भदौमा चौथाइवाले नेपाल भ्रमण गरी विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए । सरकारले पूर्णता पाउन नसकेको, दल विभाजन भइरहेको बेला उनको भ्रमण भएको थियो ।