बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राङ्कका नाममा महिलामाथि अमानवीय व्यवहार गर्ने व्यक्ति पक्राउ 

बुधबार, साउन ११ २०७९

काठमाडौं । प्राङ्कका नाममा महिलामाथि अमानवीय व्यवहार गर्ने एक व्यक्ति पक्राउ  परेका छन् ।

प्राङ्क गर्दै महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका–३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाल रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

उनले ‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा विभिन्न भिडियो बनाएर प्रसारण गर्दै आएका थिए । 

बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भन्दै बनाएको भिडियो उनले प्रसारण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।