शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

संवैधानिक आयोगमा नियुक्ति भएका ५२ पदाधिकारीविरुद्धको रिटको सुनुवाई हुँदै

बुधबार, साउन ११ २०७९

काठमाडौं । सर्वोच्च अदातलको सबैधानिक ईजलासमा संवैधानिक आयोगहरूमा नियुक्ति भएका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको आजबाट सुनुवाई हुने भएको छ ।

नियुक्ति विरुद्ध २०७७ पुस १ गते रिट दायर भएको थियो ।

सबैधानिक ईजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा रहनु भएको छ ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु  सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ । 

सर्वोच्चले विभिन्न पदाधिकारी नियुक्त गर्ने निर्णय बदर गरे सबै संवैधानिक आयोगमा भ्याकुम हुनेछ । संवैधानिक पदाधिकारी भ्याकुमको अवस्था आएमा सबै आयोगको काम ठप्प बन्न सक्नेछन् ।

३० मंसिर २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेश ल्याएर नियुक्त भएका विभिन्न आयोगका ५२ पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए ।

गठबन्धन सरकार बनेको एक वर्षभन्दा बढी समय भइसकेको छ । गठबन्धनको बहुमत भएकै अवस्थामा सरकार निर्माणसँगै उपसभामुख चयन गर्न सक्थ्यो । तर, निर्वाचन मुखमा उपसभामुख चयनले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गरेर नयाँ नियुक्ति तयारी सुरु भएको छ ।