आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

रेडपाण्डाको छाला सहित ४ जना पक्राउ 

आइतबार, असोज ३ २०७८

सुर्खेत, l वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित मानसरोबर होटलबाट १ थान रेडपान्डाको छाला सहित दैलेख नारायण नगरपालिका–१० बस्ने २१ वर्षीय पुर्ण बहादुर बस्नेत लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  

उक्त होटलमा रेडपाण्डाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटलको १ सय १५ नम्बरको कोठाबाट उक्त छाला फेला पारी उनीहरुलई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।