आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जाली नेपाली नोट सहित १ जना पक्राउ

आइतबार, असोज ३ २०७८

महोत्तरी l औरही नगरपालिका–१ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उक्त बजारस्थित फलफुल पसलबाट उनलाई उक्त जाली नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।