आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नगद ३ लाख लुटपाट गरेको अभियोगमा पक्राउ   

शनिबार, असोज २ २०७८

भक्तपुर, l मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने बैतडी घर भएका  २६ वर्षीय लव जित भट्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

लवले आफ्नै काकालाई बिदेश पठाईदिन सहयोग गरी दिन्छु भनि लोकन्थलीमा लगेर उक्त नगद लुटेको भन्ने  खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।