काठमाडौं । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका ७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
माधवीले यही भदौ ६ गते शिशुलाई जन्मिने बितिक्कै केराको साप्राले घाँटी निमोठेर हतया गरेकी थिइन् । घरपरिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको थियो । महिला स्वास्थ्य स्वायंसेविका समेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीको अनुसन्धानपछि अदालतमा पेस गरिएको थियो ।
वैदेशिक रोजगारी गएका माधवीका श्रीमान उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
घरपरिवारबाट अलग बस्दै आएकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग प्रेमसम्बन्ध रहेका बताइन्छ ।
किशोरले माधवीसँग विवाह गर्ने सहमति गरेका भए पनि ती किशोर अहिले फारार छन् । माधवीका घरमा १३ वर्षीय छोरा पनि छन् ।