बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तनहुँमा टिकटक बनाउने हुदा नयाँ दुलही खोलामा खसेर बेपत्ता

बुधबार, भाद्र ३० २०७८

काठमाडौं । टिकटक बनाउने क्रममा तनहुँमा एक नवविवाहिता युवती बगेर बेपत्ता भएकी छन् ।  शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदीको रक गार्डेनमा खस्दा १९ वर्षिया पवित्रा लम्साल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

लम्सालको ५ दिनअघि विहे भएको थियो । दुल्हन फर्काउन माइत आएका बेला साथीसँग उनी टिकटक बनाउन रक गार्डेन गएकी थिइन् ।

भिडियो खिच्न खोला किनारको ढुंगोमा उभिएका लम्साल चिप्लिएर सेती नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएका छन् ।

बेपत्ता लम्सालको दिनभर खोजी गरेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरी निरिक्षक ज्ञानवहादुर खड्काले जानकारी दिए । रक गार्डेन मानव निर्मित नभई सेती नदीको वहावले ढुंगा कुँदेर सुन्दर कला बनेपछि त्यहा धेरै मानिस जाने गर्छन् ।