आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सालको गोलिया काठ बरामद 

बुधबार, भाद्र १६ २०७८

रौतहट, l रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित बकैया खोलाको किनारबाट भाद्र १५ गते सशस्त्र प्रहरीले करीव २ लाख १७ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

उल्लेखित मुल्य बराबरको ६२ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश जङ्गलशैयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ वन कार्यालय जंगलशैयाँमा बुझाईएको छ ।