कैलाली, l कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ भन्सार ईलाकाबाट भाद्र १५ गते सशस्त्र प्रहरीले १ सय वटा प्रोक्सीवाल ट्याब्लेट र ५० वटा निट्राभेट ट्याब्लेटसहित कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ५ गजरौला बस्ने १८ वर्षिय राहुल ताम्राकारलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीले निज ताम्राकारलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
पक्राउ परेका ताम्राकारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।