सप्तरी, l सप्तरी जिल्लाको बोदेबर्साईन नगरपालिका ९ सुभरनपट्टिबाट भाद्र १४ गते सशस्त्र प्रहरीले ६ लाख ३३ हजार १ सय ९० नेपाली रुपैयाँ तथा भारतीय ९८ रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवन जिल्ला लौकही ग्राम पञ्चायत ४ घर बताउने ५० वर्षिय श्याम राय छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज रायलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला सशस्त्र प्रहरीले उनको साथबाट एक थान मोवाईल सेट समेत बरामद गरेको छ ।
पक्राउ परेका रायलाई बरामद रुपैयाँ तथा मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाईएको छ ।