बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

बुधबार, बैशाख २२ २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

समर्थन फिर्ता लिएको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई बुझाएका छन्। योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।

माओवादीको मंगलवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको  थियाे।

ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।