आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माधव नेपाललाई अर्को झड्का, समिनाको साथ ओलीलाई !

बुधबार, बैशाख २२ २०७८

काठमाडौं,। सत्तारुढ नेकपा एमालेकी सांसद समिना हुसेनले आफू पार्टीको मुलधारमै रहने प्रतिवद्धतासहित बरिष्ठ नेता माधवकुमार नेपालको गुटमा नलागेको प्रष्ट पार्नुभएको छ । पार्टीले केही समय पहिला सोधेको स्पष्टिकरणको जवाफ दिँदै प्रतिनिधिसभा सदस्य हुसेनले भन्नुभएको छ, म गुटगत राजनीतिमा लागेको छैन, पार्टीको मूलधारमै छु ।’ एमालेले माधवकुमार नेपालको गुटमा लागेर पार्टीहित विपरित काम गरेको भन्दै सोधिएको स्पष्टिकरणको जवाफमा उहाँले यस्तो जवाफ दिनुभएको हो ।

उहाँलाई ‘नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो रु भनेर सोधिएको थियो । म यस्तो गतिविधिमा लागेको कुनै प्रमाण नै छैन । म पार्टीका कार्यक्रममा मात्र सहभागी छु । समानान्तर कमिटीमा पनि बसेकी छैन, गुटका कार्यक्रममा पनि गएकी छैन,’ समीनाको भनाई छ, ‘म एमालेको पक्षमा हो, गुटसुट केही पनि चिन्दिन, अपवाद बाहेक पार्टीका सबै कार्यक्रममा सहभागी छु, संसदीय दलको सबै बैठकमा उपस्थित भएकी छु ।

पार्टीको विधान विपरित कुनै गतिविधि आफूले नगरेको सांसद समीनाको भनाई छ । ‘पार्टीले जारी गरेका सबै निर्देशन पालना गरेकी छु, मुख्य कुरा भनेको पार्टी हो, पार्टीको हित विपरित गएको एउटा पनि प्रमाण भए म कारवाही सहन तयार छु’– उहाँले भन्नुभयो । पार्टी जोगाउन सबै नेता कार्यकर्ताहरुले एक ठाउँमा उभिनुपर्ने समीनाको भनाई छ । 

एमालेबाट निलम्बित नेता नेपालले सांसद हुसेनलाई आफ्नो सवैभन्दा बफादार कार्यकर्ता रहेको बताउँदै आउनु भएको थियो । तर सांसद हुसेनले पार्टी भन्दा ठूलो अरु नहुने भन्दै मुलधारमै रहने प्रतिवद्धता जनाउनु भएको हो ।