काठमाडौं – अविश्वासको प्रस्ताव दर्तापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । तर उनले फेरि आफैं मुख्यमन्त्री बन्ने २ वर्षसम्म ढुक्क हुने खुलासा भएको छ । नेपाली कांग्रेससहित विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा अधिवेशन बोलाएका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची रहेको समयमा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । अहिले लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि ८१ सदस्यमात्र छन् । एमालेका ४१ सांसद भएकाले अब एमालेको एकल बहुमत हुनेछ ।
बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उहाँले जसपाका चार सांसदलाई मन्त्री नियुक्ति दिएर पद बचाउने प्रयास गरेका थियो । जसपाले आफ्ना चारै सांसदलाई पदबाट बर्खास्त गरिसकेको छ ।