आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

फ्लोर क्रस गर्ने एमालेका ३ सांसद बने कर्णालीका मन्त्री

आइतबार, बैशाख ५ २०७८

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ३ सांसदलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्री बनाएका छन् ।
शुक्रबार शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै शाही सरकारलाई जोगाइदिएका थिए ।

त्यसपश्चात शनिबार शाहीले मन्त्रिपरिषद हेरफेर गर्दा नन्दसिंह बुढा, कुर्मराज शाही र अमर बहादुर थापालाई मन्त्री बनाएका हुन्।
बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने थापा भौतिक पूर्वाधार विकास मन्त्री बनेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ  । यसैगरी कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।