आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ओलीले शनिबार बोलाए सर्वदलीय बैठक ! के छ तयारी ?

शुक्रबार, बैशाख ३ २०७८

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठकमा निम्तो दिनका लागि प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको फोन आएको भन्दै ललितपुरमा भवन उद्घाटन कार्यक्रम छाडेर हिँडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकाले आउनका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भोलि शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

बैठककै सन्दर्भमा अध्यक्ष प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरूसँग प्रधानमन्त्री ओलीको कुराकानी भएको थापाले जानकारी दिए ।