बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्वास्थ्य मन्त्रीलाई चुनौती दिदै विद्यासुन्दरले गरे यस्तो निर्णय !

शुक्रबार, बैशाख ३ २०७८

काठमाडौं – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आठ बुँदे अपिल सार्वजनिक गरेको गरेको छ । अपिलमा कोरोना प्रभावित हुनेको संख्या र उमेरमा फरकपना देखिएको तथा बालबालिका र युवा वर्गमा संक्रमण र मृत्युको बढ्दो गति देखिएको जनाइएको छ ।

संक्रमणबाट जोगिन संवेदनशील बनिदिन र जनस्वास्थ्यका मापदण्ड कडाइका पालना गर्न अनुरोध गरिएको छ । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई अतिप्रभावित भनी वर्गीकरण गरेको छ । जसमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ रहेका छन् ।

यी अतिप्रभावित जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरू, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, शपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिन हुन समेत अपिल गरिएको छ ।

तर, स्वास्थ्य मन्त्रालयले अपिल जारी गरेको भोलिपल्टै त्यसलाई काउन्टर हुने गरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो स्थानीय तहअन्तर्गतका विद्यालयलाई निर्देशन दिएका छन् । 

कोरोनाभाइरस संक्रमणका आधारमा १४ जिल्लालाई उच्च जोखिममा राखेको छ । जसमा काठमाडौं, ललितपुर र भक्तपुर पनि पर्छन् । 

मन्त्रालयले अत्यधिक भिडभाड हुने ठाउँमा नजान अपिल गरेको छ । धेरै भिडभाड हुने ठाउँ विद्यालय पनि हो । मन्त्रालयले विद्यालयमा आफ्ना सन्तान नपठाउन अभिभावकलाई अपिल गरेको छ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्ड पूरा गरी स्कुल सञ्चालन गर्न निर्देशन दिएको छ । 

महनगरपालिकाले शुक्रबार बिहान विज्ञप्ति जारी गरी स्कुलमा कसैलाई कोरोना संक्रमण देखिएमा एक साता बन्द गर्न भनेको छ । महानगरको यो निर्णयले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नेतृत्वको मन्त्रालयको अपिल खारेज गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुखको निर्णय अनुसार यस्तो अनुरोध गरिएको हो। यस्तो बेला बैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न गराउन र त्यस्तो अवस्था नभएमा सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसंग हात धुने र स्यानिटाईजर प्रयोग गरी अभिभावकहरुसमेतको सहमतिमा स्कूल सञ्चालन गर्न अनुरोध गरेको छ।