आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सोमबार १० अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आइतबार, चैत्र २९ २०७७

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले भोलि सोमबार १० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जारी मिती चैत ३१ तोकेर बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि उक्त ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 
राष्ट्र बैंकका अनुसार जारी गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँको रहेको छ  । जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने मिती २०७८ असार २९ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने मिती २०७८ असोज २६ तोकिएको छ । राष्ट्र बैंकका अनुसार यही चैत २३ गते पनि  ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन र सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरिएको थियो ।

latter.JPG