बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कामना सेवाद्वारा अटो व्यवसायीहरुलाई QR Code   वितरण  

शुक्रबार, चैत्र २० २०७७

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने/गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुच विस्तार गर्ने लक्ष्य लिएको कामना सेवा विकास बैंकले  रुपन्देही जिल्ला बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई QR Code  वितरण गरेको छ । 
नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहुँच  पुरयाउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई QR Code  वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई QR Code  मभ वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक लि. बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा QR Code  बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो भने तत् पश्चात् अध्यक्ष पाण्डेले व्यवसायीहरुलाई वितरण गर्नु भएको थियो । नेपालकै नमुना अटो भिलेजको रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गदै कामना सेवा विकास बैंकलाई धन्यवाद दिनु हुंदै अन्य व्यवसायी संघ संस्थाहरुमा समेत यो अभियान अगाडि बढाउन सुझाव दिनु भएको थियो ।