बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आइएमई को–अपरेटिभ सम्मानित

शुक्रबार, चैत्र २० २०७७

काठमाडौं । आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६/०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सवैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ । सहकारी विभागले ६४औँ सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई को–अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गर्नुभएको हो । सम्मान ग्रहण कार्यक्रममा आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पौडेल एवम् बोर्ड सचिव सागर ढकालको उपस्थिती रहेको थियो । 

ime1.JPG

सम्मान ग्रहणपछि संक्षिप्त मन्तब्य दिँदै अध्यक्ष ढकालले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा स्वीकार गर्दै आइरहेको सन्दर्भमा आफ्नो संस्थाले कर मार्फत समग्र सहकारी उद्योगमै सबैभन्दा बढी आयकर दाखिल गरी राज्यलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो । संस्थाका सम्पूर्ण शेयरधनी एवम् कर्मचारीहरूलाई यो सफलताको मूख्य श्रेय दिँदै अध्यक्ष ढकालले आगामी दिनमा संस्थाले आफ्नो पहिचानलाई अझै बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
आइएमई को– अपरेटिभ सर्भिस लिमिटेडका बारेमा :– 
काठमाडौंको कान्तिपथ स्थित केन्द्रीय कार्यालय रहेको आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडले देशभरका १५ वटा शाखा मार्फत सहकारी सेवा प्रदान गर्दै आइरहेको छ ।