काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले व्यवसायीक छलाङ मारेको छ । कम्पनीले यही बैशाख सात गते आफ्नो तेस्रो बार्षिक साधारण सभाको आव्हान गरिसकेको छ । उक्त बार्षिक साधारण सभा मार्फत कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर दिने भएपछि पछिल्लो समय कम्पनीले सेयर मुल्य पनि बढी रहेको छ ।
कम्पनीले उक्त बार्षिक साधारण सभा मार्फत हाल कायम रहेको चुक्ता पुंजीको ५० प्रतिसत अर्थात दुई कित्ता सेयर बराबर एक कित्ताको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । कम्पनीमा हाल सञ्चालक समितीको अध्यक्षकोरुपमा आजाद श्रेष्ठ रहेकाछन भने व्यवस्थापन प्रमुुख अर्थात प्रमुख कार्यकारी अधिकृतकोरुपमा कुमार बहादुर खत्री रहेकाछन । बीमा क्षेत्रमा पछिल्लो समय व्यवसायीक उचाई हाँसिल गरेको कम्पनीको केही दिन यता सेयर मुल्य बढ्दै जानुमा कम्पनीको बित्तीय अवस्था सवल हुनु देखिएको छ ।
कम्पनीले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड छ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ३१ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी आठ रुपैयाँ १३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय १५ रुपैयाँ ८३ पैसा रहेको छ । 
