शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव

शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको चुनाव गर्न प्रस्ताव गरेको छ । शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले यस्तो प्रस्ताव गरेको हो ।

आयोगसँगको छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गरेका हुन् ।

प्रचण्डले आयोगको प्रस्तावबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउनेसमेत बताएका छन् ।