शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न शीर्ष नेताहरू आयोगमा

शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । स्थानीय तहको निर्वाचन तयारीका विषयमा छलफल गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आयोगले छलफल गर्न लागेको हो।

छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आयोग पुगिसकेका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि छलफलमा सहभागी हुन आयोग जाने तयारीमा छन्।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी तथा निर्वाचनसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।