शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

शुक्रबार, साउन १५ २०८३

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। नियमित गस्ती तथा जाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंको टेकु र तीनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौटे, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार टेकुबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना तथा तीनथाना गैरीगाउँबाट ३० ट्याब्लेट ट्रामाडोलसहित चार जना पक्राउ परेका छन्। त्यस्तै, विराटनगर विमानस्थलबाट १८ ग्राम ४८ मिलिग्राम र हरूचोकबाट ६५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित क्रमशः एक र दुई जना पक्राउ परेका छन्।

सुर्खेतको चनौटेबाट ५ ग्राम ६९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। बर्दियाका चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट–ओरालीबजारबाट विभिन्न परिमाणको सोही पदार्थसहित आठ जना पक्राउ परेका छन्।

कैलालीको मिलनचोकबाट २४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना तथा झापाको चाँदनी चोकबाट १ ग्राम २५० मिलिग्राम सोही पदार्थ र रु १२ हजार २२५ नगदसहित एक जना पक्राउ परेका छन्।

यसैगरी, दाङको जुरौनीबाट ३५ किलो चरेससहित एक जना तथा डडेलधुराको स्याउलेबाट १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।