मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

भारत भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधान न्यायाधीश शर्मा

सोमबार, साउन ११ २०८३

काठमाडौँ । चारदिने भारत भ्रमण सम्पन्न गरी प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्। भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश सूर्य कान्तको निमन्त्रणामा उनी साउन ७ गते भारत प्रस्थान गरेका थिए।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा. शर्माले आफ्ना भारतीय समकक्षी सूर्य कान्तसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा नेपाल र भारतबीच न्यायिक सहयोग तथा अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो।

भ्रमणका क्रममा डा. शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै त्यहाँको न्याय सम्पादन प्रणालीबारे जानकारी लिएको सर्वोच्च अदालतले जनाएको छ।

प्रधान न्यायाधीशको भ्रमण टोलीमा उनकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिष्ट्रार अमित उप्रेती पनि सहभागी थिए।