मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

एमालेका पूर्वजिल्ला अध्यक्ष शोभाराम बस्नेतको निधन

सोमबार, साउन ११ २०८३

दाङ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको उपचारका क्रममा निधन भएको छ।

एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यका अनुसार ८० वर्षीय बस्नेतको आइतबार राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारकै क्रममा निधन भएको हो। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए।

दाङको कम्युनिस्ट आन्दोलनका अग्रणी नेतामध्ये एक मानिने बस्नेतले एमालेको जिल्ला नेतृत्वसहित पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। उनको निधनले दाङको कम्युनिस्ट आन्दोलनले एक अनुभवी र समर्पित नेतृत्व गुमाएको अध्यक्ष आचार्यले बताएका छन्।

एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका अनुसार बस्नेतको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित एमालेको जिल्ला पार्टी कार्यालयमा राखिएको छ।

उनको अन्त्येष्टि आजै दाङको शीतलपुरस्थित बबई नदी घाटमा गरिने कार्यक्रम रहेको पार्टीले जनाएको छ।