मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

गोकुल बास्कोटाको कटाक्ष– ‘एमाले–नेकपा गठबन्धन विजय मल्लको ‘अन्तिम भोज’ जस्तै’

सोमबार, साउन ११ २०८३

काठमाडौँ ।  नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति तीव्र असन्तुष्टि जनाउँदै त्यसलाई साहित्यकार विजय मल्लको चर्चित नाटक ‘अन्तिम भोज’सँग तुलना गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले सत्ता गठबन्धन केही सीमित नेताको निर्णयमा बन्ने–भत्कने प्रवृत्ति संस्थागत बन्दै गएको टिप्पणी गरेका छन्। उनले यस्तो अभ्यास लोकतान्त्रिक राजनीतिक संस्कृतिका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।

बास्कोटाले नयाँ सत्ता समीकरणले अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै राजनीतिक रूपमा लाभ पुगेको दाबी गरेका छन्। साथै, विगतदेखि भइरहेका सत्ता गठबन्धनका फेरबदलको पनि गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

उनले लेखेका छन्, “सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन् ? ती सभाका केही सदस्य र खास नेता बाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला ? अचम्म लाग्छ।”