मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

भोटेकोसीमा खसेको गाडी र चालकको खोजी जारी, गृहमन्त्री घटनास्थलमा

आइतबार, साउन १० २०८३

काठमाडौं । भोटेकोसी नदीमा शनिबार साँझ विद्युतीय सवारीसाधन चालकसहित खसेपछि जारी खोज तथा उद्धार कार्यको अनुगमन गर्न गृहमन्त्री सुदन गुरुङ घटनास्थल पुग्नुभएको छ।

गृहमन्त्री गुरुङले घटनास्थलमा पुगेर खोज तथा उद्धारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीलाई हौसला दिँदै उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिनुभएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि चालकको खोजीका लागि १० वटा ड्रोन तथा तीनवटै सुरक्षा निकायका गोताखोर परिचालन गरिएको छ।

हराइरहेका चालक कालिका गाउँपालिका–३ तल्लो धारापानी निवासी २२ वर्षीय सविन तामाङ रहेको प्रशासनले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धार कार्यको समन्वय गरिरहेको छ। समितिका अनुसार दुर्घटनास्थल गहिरो खोँचमा रहेको, नदीको पानी धमिलो हुनुका साथै किनारमा रहेका ठूला चट्टानका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

सुरक्षा निकायले चालक तथा नदीमा खसेको सवारीसाधनको खोजी कार्य निरन्तर जारी राखेको जनाएको छ।