आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जे होस् ‘देउसी लय’ मिलेको छ, वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनुपर्छ : गोकुल बाँस्कोटा

सोमबार, असार २ २०८२

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई धन्यवाद दिनुपर्ने बताएका छन् ।

बजेटको विरोधमा रास्वपा आफू पनि नबोल्ने र अरुलाई पनि बोल्न नदिने नीतिमा रहेर सरकारलाई सहज बनाउन लागेको बाँस्कोटाको भनाइ छ ।

भिजिट भिसा प्रकरणको संसदीय वा न्यायिक छानबिनको माग गर्दै रास्वपाले प्रतिनिधिसभाको वेल घेराउ र नाराबाजी गर्दा बजेटमाथिको छलफल प्रभावित भएको छ । यसैबीच सांसद बाँस्कोटाले लेखेका छन्,  ‘वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो।उनीहरुले सरकारलाई आफुले पनि आलोचना नगरिकन र अरुबाट हुन सक्ने मौका समेत बन्द गरि दिएर हुनसम्म सजिलो बनाई दिए।बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला। जे होस् देउसी लय मिलेको छ।’

प्रतिनिधिसभामा जेठ १३ देखि विपक्षी दलहरूले विरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी माओवादी र विपक्षी एकीकृत समाजवादीले दुईबुँदे सहमति गरेर जेठ ३० मा विरोध फिर्ता लिएका थिए । तर, रास्वपा सोही दिनदेखि वेल घेराउ र नाराबाजीमा उत्रिएको थियो । उसलाई राप्रपाले पनिसाथ दिएकाे छ । तर राप्रपा भने वेल घेराउमा उत्रिएकाे छैन ।