आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

बिहिबार, जेष्ठ २९ २०८२

काठमाडौ। नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा गएका छन् ।

प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गरेका हुन् ।

महासचिव भोलिदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन्।

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए ।

महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।