बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुईवटा संसदीय समितिको बैठक बस्दै

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।