काठमाडौं । धरानका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले दाग नलागेका इमानदार र काम गर्न चाहनेहरुलाई आगामी २०८४ को चुनावमा उम्मेदवारी बनाउने घोषणा समेत गरेका छन् ।
मेयर साम्पाङले पार्टी नै बनाएर चुनाव लड्ने वा स्वतन्त्र तवरबाट उम्मेदवार उठाउने भन्नेबारे भने खुलाएका छैनन् ।
फेसबुकमा उनले लेखेका छन्- ८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौँ ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्र उम्मेद्वार बन्नेछन् !