गृहमन्त्री निर्दोष रहेकाे निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ ।
आज बिहान बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको हाे ।
देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैककपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यो प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए । महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’
महतले अध्यागमनमा भएको अख्तियारको छापामारीलगायतका विषयका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने पनि बताए ।
शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको उनले बताए ।