धनुषा ।नेकपा (एमाले) धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्।
उनले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरेका छन्।
पराजित लक्ष्मीनारायण मधेस प्रदेश सभामुख रामचन्द्र मण्डलका राजनीतिक सल्लाहकार हुन्।
उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिपन ठाकुर, उपसचिवमा सविन थापा र महिला उपसचिवमा रुका मिश्र विजयी भएको निर्वाचन समितिले जनाएको छ।
गत बुधबार सम्पन्न मतदानमा ६ सय २८ मध्ये ६ सय १५ जना प्रतिनिधिले मतदान गरेका थिए।