काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएर नयाँ कीर्तिमान कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यसकाे तुलनामा आइतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो ।