काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको शुक्रबार बसेको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकका अनुसार नवनियुक्त प्रमुख कार्यकारी घिमिरेको कार्यकाल यही बैशाख १० गतेबाट सुरु हुने छ । घिमिरे हाल एनएमबी बैंकमा नै नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।
बैंकका अनुसार हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वैशाख ९ गतेसम्म कार्यकाल सम्हाल्नेछन् । यसबाहेक बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको छ ।