काठमाडौ । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नको लागि प्रस्ताव मागेको छ । राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न प्रस्ताव मागेको हो ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात २०८१ चैत्र ३ गते देखि २०८२ चैत्र ३ गतेसम्म तोकिएको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही फागुन २७ गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ । लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि १६ करोड, बिकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि एक करोड रुपैंयाँ छुट्याईएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।