काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
अन्य दुई सदस्यहरु आजै थप गर्ने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
२०७६ चैत २४ गते गभर्नर नियुक्त भएका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । उनको कार्यकाल सकिन करिब एक महिना बाँकी छँदै सरकारले नयाँ गभर्नर छान्न सिफारिस समिति बनाएको हो।