मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

अछाम दुई किशोरी मृत्यु प्रकरण : शङ्कास्पद दुई जना पक्राउ

सोमबार, माघ १४ २०८१

अछाम । अछामका दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन् । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो ।

शुक्रवार बिहान घरबाट बाख्रा र गोरु लिएर गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन अवस्थामा थिए । शुक्रबार राति परिवारका सदस्यहरुले खोजतलास गरेका थिए । तर उनीहरुको पत्ता लागेको थिएन ।

शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका छन् । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रशासनसँग माग गरेको छन् । शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेकाे थियाे । दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेका थिए ।

मृतक दुवै जना एउटै परिवारको हुन्। मृतकमध्ये सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् ।
।