काठमाडौं । काठमाडौंबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको नाम ठेगाना भने खुलाइसकेको छैन ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो ।
काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद गरिएको हो । बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।
बुधबार बिहानै प्रहरीले बोरामा प्याक गरेर ल्याइएको रक्तचन्दन बरामद गरेको हाे ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।