काठमाडौं । सरकारले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कडायत र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत कडायत र अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत केसी गत १७ पुसमा बढुवा सिफारिस भएका थिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभाग प्रमुख भरतबहादुर बोहरा अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरेको हो ।