काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेको छ ।
अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुन बुधबार बढेको हो ।
प्रतितोला ५ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । अघिल्लो दिन १ लाख ५२ हजारमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।