बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनएमबी बैंक र भिजाबीच अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवाका लागि सम्झौता

बुधबार, कार्तिक ११ २०८३

एनएमबी बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई विस्तार गर्ने उद्देश्यले विश्वव्यापी भुक्तानी प्रविधि कम्पनी भिजासँग ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ ।

यो सम्झौतासँगै एनएमबी बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज, सुरक्षित र भरपर्दो विकल्प प्राप्त गर्ने भएका छन् । भिजाको ‘डाइरेक्ट टु एकाउन्ट’ प्रविधिमार्फत ग्राहकले झन्झटरहित रूपमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ । भिजाको उक्त प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा आइसकेको छ । यस प्रविधिको प्रयोगले एनएमबी बैंकका ग्राहकलाई अन्तर्राष्ट्रिय रकम स्थानान्तरणमा थप सुविधा उपलब्ध हुनुका साथै बैंकको डिजिटल भुक्तानी तथा अन्तर्राष्ट्रिय बैंकिङ सेवा विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । भिजासँगको यो सहकार्यले बैंकको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई थप प्रभावकारी र सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।