बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

लक्ष्मी सनराइज बैंकद्धारा लाभाँश घोषणा

बिहिबार, कार्तिक १२ २०८३

लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

बैंकले पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६ प्रतिशत नगद गरि कुल पाँच दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ।