बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ

बिहिबार, कार्तिक १२ २०८३

ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर, ललितपुर महानगरपालिका– १४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग राम्रो चिनजानका आधारमा कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न वहानामा पीडितहरूबाट पटक–पटक गरी जम्मा ५ करोड ८० लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।