धनगढी । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ ।
मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका ६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
ती महिलाको शव जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए।
उनले शव कङ्कालको रूपमा रहेको र कपडा, कपाल, चुँडी लगायतका पहिरनले महिलाको भएको पहिचान गरिएको बताए।
शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।