काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
बुधबार एकैदिन एक हजार ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।
बुधवार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।