बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

मंगलबार, कार्तिक २७ २०८१

काठमाडौँ । नेपालले आईसीसी यु-१९ महिला टी-२० विश्वकप अन्तर्गतको एसिया क्षेत्र छनोटको आफ्नो पाँचौँ खेलमा कुवेतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

प्रतियोगितामा ४ मध्ये तीन खेलमा जित निकालेको नेपाल चौथो जितको प्रयासमा रहेको छ। तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

यसअघि नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो।

त्यस्तै प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दा दोस्रो खेल कुवेतसँग खेलेको थियो भने तेस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो।

चौथो खेलमा थाइल्याण्डलाई १ सय ६ रनले हराएको नेपाल आज पाँचौ खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल राउण्ड रोविन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले अर्को वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ।