शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

जुवातास खेल्ने ८ जना पक्राउ

बिहिबार, कार्तिक १ २०८१

हेटौंडा। मकवानपुरको मनहरीबाट जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मनहरी गाउँपालिका -६ भुलचोक स्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका ६ बस्ने वर्ष ४७ को रेशम तामाङ, सोही स्थान बस्ने ,वर्ष २४ को रविन मोक्तान , वर्ष ५३ को गोपीलाल मोक्तान वर्ष ४२ को अशोक राई,वर्ष ४० को कृष्ण थिङ, वर्ष ४० को कृष्ण पाख्रिन,वर्ष ४५ को सन्तोष राई र वर्ष ३३ को विष्णु पाख्रिन रहेका छन् ।

बिहीबार राति १२ बजेको समयमा सूचनाको आधारमा प्रहरी निरीक्षक बिशाल सापकोटाको कमाण्डमा टोली खटिई नगद रु।४५ हजार ४ सय ४५ र १० बुक तास सहित ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।