काठमाडौं । पाँचथरमा भएको बम विष्फोटको घटनाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनुपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यही भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाईते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गरेका हुन्।
प्रमुख सचेतक उनले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गरेँ। प्रमुख सचेतक बर्तौलाले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भिरतापूर्वक लिई अनुसन्धानको कामलाई तिब्रता दिनुपर्ने बताए।